Monday, February 14, 2022

Aakash | आकाश | Ujjwal Saagar | Official Songs Lyrics

 [ [ सपना भरिएका आँखामा
आँसु भरिन नदेउ । ] x2
उडेर छुने आकाशमा तिमी
बादल छरिन नदेउ । ] x2

सपना भरिएका आँखामा...

[ सजिलो हुन्न शिखरको यात्रा
सोची सम्झेर पाइला बढाऊ । ]x2
तिमी नै हौ तिम्रो ऊर्जा, कमजोरी  x2
समयलाई दोष नलाऊ । x2

आफ्नो कथा तिमी आफैं लेख
त्यसै कोरिन नदेउ x2
उडेर छुने आकाशमा तिमी
बादल छरिन नदेउ ।

सपना भरिएका आँखामा...
[ धेरै छन् बस्ने बहाना हरू
टाढा छ तर पुग्ने ठाउँ ] x2
जोखेर किन जिउँछौ जिन्दगी x2
दुइ पल न हो, तिमी रमाउ ।
दुइ पल न हो, तिमी रमाउ

[ सत्यको बाटो सरल छ जीवन
अन्तै मोडिन नदेऊ ] x2
उडेर छुने आकाशमा तिमी
बादल छरिन नदेऊ

सपना भरिएका आँखामा...

Music/Vocal : Ujjwal Saagar
Songwriters: Ujjwal Saagar, Roshan Adhikari
Guitar/Programming/Mixing/Mastering  :  Bishwa Adhikari

No comments: